हुलाकी न्यूज ,जनकपुरधाम : भोजपुरको षडानन्द नगरपालिका -९ ताल खर्कका ४० वर्षीय बुद्धिमान राईले खुकुरी प्रहार गरी श्रीमतीको ज्यान लिएर आफैं पनि आत्महत्या गरेका हुन् ।राईले शुक्रवार राति २८ वर्षीया श्रीमती इन्द्रकलालाई खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।

राईले श्रीमतीको हत्या गरी घर नजिकैको दुधिलोको रुखमा झुन्डिएर आत्माहत्या गरे उनले बताए ।बाबुले आमामाथि खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीय छिमेकीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको स्थानीये बताए । बुद्धिमानको पनि खोजी गर्दा रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राईले बताए । दुवैको शव पोस्टमार्ट गर्न अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.