हुलाकी न्यूज ,जनकपुरधाम : युवाहरुले जानकी मन्दिर परिसरबाट मुख्यमन्त्री लालबाबु राउतको प्रचारबाजी हुडिंग बोर्डहरु हटाएका छन् । मुख्यमन्त्री राउतको तस्बीरसहित स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियान लगायतको विभिन्न नारा लेखिएको बोर्ड जानकी मन्दिर तथा छेउटाबाट युवाहरुले शनिबार बिहान ुच्यातेर फालेका हुन् ।

स्वच्छता अभियान र बेटी पढाउ अभियान चलाएर आफन्त भर्ती तथा अनियमिताको केन्द्र बनाएकाले बोर्डहरु हटाएको युवाहरुले बताएका छन् ।स्वच्छताको नाममा करोडौं भ्रष्टाचार र जानकी मन्दिरमा पोस्टर लगाएर कुरुप बनाएकाले ती हुडिंग बोर्डहरु हटाएको मासका संयोजक सरोज मिश्रले बताए । युवाहरुले जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक पर्यटकिय स्थलमा अन्य विषयक प्रचार प्रसार सामगी्र, बोर्ड, पर्चा पम्पलेट नलगाउन सचेत गारएका छन् । त्यस्ता पोस्टरहरु लगाए कानुनी उपचार खोज्ने युवाहरुले चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.