हुलाकी न्यूज ,जनकपुरधाम : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

आलमको मुद्दामा आज न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आज पेसी तोकिएको छ । २०७० सालको आम निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्र रौतहटमा ज्यूँदै मानिसलाई इँटा भट्टामा जलाएको आरोप उनीमाथि छ ।

उच्च अदालत पाटनको आदेश अनुसार आलमलाई थुनामा रहेका थिए । त्यस्तै उक्त आदेशविरुद्ध आलमले अदालतमा निवेदन दिएका थिए । आलमलाई अदालतको आदेशअनुसार २०७६ साल असोज २६ गते पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.