हुलाकी न्यूज ,जनकपुरधाम : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना महामारीको कारण अन्तिममा आएर स्थगित परीक्षा भदौ अन्तिमसातादेखि लिने बोर्डको तयारी छ ।कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।

विद्यार्थीलाई खोप लगाउन सुरु भएसंगै बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताउनु भएको छ । भौतिक उपस्थितिमै परीक्षा लिने गरी एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.