हुलाकी न्यूज ,जनकपुरधाम : वीरगञ्जमा निर्माणधिन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा बिहीबार दिउँसो विस्फोट हुँदा उद्योगमा कार्यरत ११ जना घाइते भएका छन्। दिउँसो सवा १२ बजे वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधिन अवस्थामा रहेको सर्वोत्तम स्टीलमा विस्फोट भएको हो।

उद्योगमा रहेको कचरा फलाम गलाउने सिसिएममा विस्फोट भएको हो। सर्वोत्तम स्टीलमा विस्फोट भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।उनले भने, ‘सर्वोत्तममा विस्फोट भएको भन्ने खबर आएको छ। हामीले भर्खरै थाहा पाएका हौँ,’ उनले भने, ‘घटना स्थलमा प्रहरी टोली पठाएका छौँ।’विस्फोट भएपछि उद्योग परिसरमा सयौंको संख्यामा स्थानीयहरु जम्मा भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.