हुलाकी न्यूज, रुपन्देही | डा. सिके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीद्वारा जिल्लास्तरीय महिला जनमत संघ गठन गरिएको छ।
भाद्र ९ गते बुद्धवार बेथरीमा आयोजित कार्यक्रममा नर्वदा लोधको नेतृत्वमा ५१ सदस्यीय “महिला जनमत संघ, रुपन्देही” समितिको गठन गरिएको हो ।
समितीको उपाध्यक्षमा गुड़िया बढई, भानमती लोध, र अंबिका चौधरी, त्यस्तै सचिवमा सिन्धिया लोध, सह सचिवमा शकुंतला मौर्या, संगीता पासी र सुंदरी चाई, तथा कोषाध्यक्षमा अनिता कुमारी हरिजन चयन भएकी छन ।
त्यसैगरी सदस्यहरुमा शान्ति चाई, किस्मती हरिजन, पार्वती चाई, चानमति लोध, कबूतरा हरिजन, उर्मिला धवल सुनीता केवट, इन्द्रावती हरिजन, पूजा चौधरी, सुखनी रैदास, राधादेवी गुप्ता, सोनमती यादव, धूपा कहार, गीता यादव, सन्जू पाल, अनिता हरिजन,सबीना खातून, रिता क्षेत्री, ज्ञानमती चौधरी, तारामती कुर्मी, कलावती बनिया, रुबीना फकीर, रामदेई यादव, माया हरिजन, अजरुन निशा, माया विश्वकर्मा, मीना हरिजन, रुबीना निशा, संगीता चौधरी लगायतको चयन भएको छ।
उक्त कार्यक्रमलाई महिला जनमत संघकी केन्द्रिय अध्यक्ष शुशिला यादवले अनलाइनबाटै सम्बोधन गरी आफ्नो मन्तव्य राखेकी थिइन ।
बरिष्ठ नेतृ इन्द्रा शुक्लाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादव, विशिष्ट अतिथीमा जनमत पार्टीका केन्द्रिय सदस्यद्वय निर्मला हरिजन र रामकेश गुप्ता थिए भने कार्यक्रम संचालन सिन्धिया लोधले गरेकी थिइन ।
कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट झण्डै ४०० भन्दा बढी महिलाहरुको उल्लेख्य सहभागिता थियो ।
समिती गठन पश्चात बेथरी बजारमा महिला जनमत संघद्वारा जनमत पार्टीको नारा लगाउँदै र्याली समेत निकालिएको थियो ।
कार्यक्रममा महिलाहरुको उत्साहपूर्ण सहभागीताले संगठनमा उर्जा थपेको पार्टीका जिल्ला अध्यक्ष रामविष्णु सिंह लोधले बताए |