हुलाकी न्यूज , काठमाडौं : अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहनुभएका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनका निरन्तर समन्वय भइरहेको मन्त्रालयले आज साँझ विज्ञप्ति निकालेर जनाएको हो ।

मन्त्रालयले अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.