हुलाकी न्यूज,जनकपुरधाम : सिरहाबाट लागूऔषध गाँजासहित एक पुरुष पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका वडा नम्बर–१३ असारे बस्ने ५० वर्षीय गोपाल तामाङ रहेका छन् । प्रहरीले उनलाई २ किलो ८ सय ग्राम गाँजासहित पक्राउ गरेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र अस्थायी प्रहरी पोष्ट पक्कीटोल सिरहाबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्दा अवैध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।