हुलाकी न्यूज,जनकपुरधाम : मिथिलाको प्रसिद् जानकी मन्दिर परिसरभित्र रहेको ठुलो फोटोसहितका बोर्ड अविलम्ब हटाउन माग उठेका छन् ।जनकपुरका युवा-अभियन्ता सरोजकुमार मिश्रले जानकी मन्दिर परिसरभित्र रहेका मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितका बोर्ड अविलम्ब हटाउन माग गरेका छन् ।

उनले मन्दिरपरिसर र पर्खालमा प्रचार–प्रसार गर्नेविरुद्ध उचित कारबाहीसहित जरिवानाको व्यवस्था गर्न सम्बन्धित सरोकारवालासँग माग गरेका छन् । युवा अभियन्ता मिश्रले तीन दिनभित्र उक्त बोर्ड नहटाइए आफूहरु सरसफाइ गर्न बाध्य हुनेसमेत बताउनुभएका छन् ।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जानकी माताको फूलबारी बचाउन नसक्ने सरकार कुन नैतिकताले आफ्नो फोटोसहितको बोर्ड जानकी मन्दिर परिसरभित्र झुण्ड्याएका छन् ? सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानको नाममा अनियमित काम गरिरहेको छ । जबकि दिनहुँ त्यही बेटीहरुमाथि बलात्कार, हत्या, हिंसा, यातनाका घटना बढ्दै गइरहेको अवस्था छ ।’ उनले अनियमितता गर्न मात्र अभियान सञ्चालन गरेर बेटीलाई बचाउन र पढाउन सकिन्छ र ? भन्दै प्रश्नसमेत गरेका छन् ।

बेटीका लागि खोलिएको बिमाको अवस्था के छ ? बेटीहरुको पहुँच शिक्षातर्फ कसरी वृद्धि हुन्छ ? सुशासन र चुस्त शान्ति सुरक्षा कायम गरी बेटीहरु निर्भीकतापूर्वक समाजमा हिँड्ने वातावरण कसरी बन्छ ? लगायत प्रश्न गर्दै उनले त्यसतर्फ दृष्टि नपुर्याएर सरकारले बजेट मात्र चलाएर भ्रष्टाचार गर्ने उपाय अवलम्बन गरेको उनले आरोप लगाए ।

जानकी मन्दिर अथवा अन्य कुनै धार्मिक पर्यटकीय स्थलमा उक्त स्थलको विशेषता, वर्णन र जानकारीबाहेकको कुनै पनि बोर्ड, ब्यानर, पोस्टर, प्रचार मान्य नहुने उनको जिकिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.