हुलाकी न्यूज,जनकपुरधाम : बर्दियामा २६ वर्षीया युवती बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–१ बस्ने २९ वर्षीय सिताराम थारुलाई पक्राउ गरेको छ ।

सोही ठाउँस्थित हरियाली सामुदायिक वनमा थारूले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.