हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा स्थापित राजर्षिजनक बिश्वविद्यालयको क्याम्पसमा अध्यापनरत पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षकहरु धर्नामा बसेका छन् । शिक्षकहरुको तलव सुविधाको लागि आएको रकम शिक्षकहरुमै खर्च हुनुपर्ने सहितका विभिन्न मांग राखि विगत चार महिना देखि अध्यन्न अध्यापनमा कुनै पनि असर नपर्ने गरि गरिएको आन्दोलनको कुनै सुनुवाई नभएपछि मंगलवार बिहान ११ देखि दिउँसो २ बजे सम्म धर्नामा बस्ने बाध्यकारी निर्णय गर्न परेको आन्दोलित शिक्षकहरुको भनाई छ ।

२०७५ मसिंर ५ देखि काम गर्दै आएका ति कुल ३० जना शिक्षहरु आफुहरुलाई करार सेवामा नियुक्त गर्नुपर्ने मांग समेत राखेका छन् । बिश्वविद्यालयको स्थापनाकाल देखि आफुहरुको मेहनत र परिश्रमको सम्मान हुनुपर्ने उनीहरुको मांग छ । आफुहरुको मांग सुनुवाई नभए अनसन देखि आमरण अनसन सम्म बस्ने उनीहरुको चेतावनी छ । यस अघि पहिलो चरणको आन्दोलनमा अध्यापन्न प्रभावित नहुने गरि उनीहरुले कालो पट्टी बाँधेर अनलाइन कलाश सञ्चालन गर्दै आएका थिए ।

 

 

एता बिश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले एक विज्ञप्ती जारी गर्दै धर्नामा बसेका शिक्षकहरुको संगठन नै अवैध रहेको बताएको छ । रजिष्ट्रारको कार्यालयको अनुसार आन्दोलित शिक्षकहरुको नियुक्ती पत्रमा उल्लेखित नियमको परिधिको बुँदा नं. २ बमोजिम उनीहरुको नियुक्ती एक सेमेष्टर अर्थात छ महिना सम्मको लागि मात्र भएकाले अबैध रुपमा संगठन खोलेर आन्दोलन भइरहेको छ । रजिष्ट्रार महेन्द्र प्रसाद यादवद्वारा जारी विज्ञप्तीमा धर्ना सहितका बिश्वविद्यालयको गरिमामा ठेस पुरयाउने किशिमको कुनै पनि गतिविधी वा आन्दोलन नर्गन सचेत समेत गराइएको छ ।स्प खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.