हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा टिपरले किचिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदेह नगरपालिका ७ की ५५ वर्षीया रामप्यारी देवी मण्डल रहेकी छिन्।

गत मंगलबार राति विदेहनगरपालिका ६ तीनकौरिया चोकमा ना : २ क ८३७ नम्बरको टिपरले किचिएर उनको घटनास्थलमै मृत्यु भएको तनकौरिया प्रहरीचौकीले जनाएका छन्।प्रहरीका अनुसार मृतक महिलाको मानसिक अवस्था ठीक थिएन भने उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ र टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.