हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको औरही गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा अशोक यादव पदभार ग्रहण गरेका छन् ।
पटक पटक विवादमा तानिदै आएको धनुषाको औरही गाउँपालिकाको पछिल्लो ४ वर्षमा कैयौं अधिकृत परिवर्तन भएको छ ।
जनप्रतिनीधिहरुले समेत अधिकृत यादवले गाउँपालिकाको वर्तमान अवस्थालाई सुधार गरी नागरिक, कर्मचारी र जनप्रतिनीधिबीचको सम्बन्धलाई सुधार गर्नमा अहम भूमिका निर्वाह गर्ने विश्वास लिएका छन् ।



