हुलाकी न्यूज,जनकपुरधाम : कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।
कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।
समितिमा सांसदहरुले कक्षा १२ को परीक्षा छिटो गराउन समिति सभापतिको ध्यानाकर्षण गराएका थिए । कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।
३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड खोप दिन सकिने बताउँदै बिद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए ।
कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भएको थियो ।



