हुलाकी न्यूज,जनकपुरधाम : पेट्रोलिय पदार्थको मूल्यमा वृद्धि गरेको विरोधमा नेकपा एमाले निकटका युवाहरुले जनकपुरमा प्रदर्शन गरिएको छ ।
गत सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो । सोही मूल्यवृद्धिको विरोधमा एमालेको भातृ युवा सँगठन युवा सँघ नेपालको सचिवालय सदस्य शम्भु साहको अगुवाईमा टायर बालेर जनकपुरको शिवचोकमा प्रदर्शन गरेका छन् ।
सरकारले गएराती पेट्रोलिय पदार्थको मूल्यमा केही मूल्य बढाएपछि मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।