हुलाकी न्यूज,जनकपुरधाम : अस्ट्रेलियामा यसै सातामा तीन नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया गएका तीन नेपाली विद्यार्थीहरुको विभिन्न कारण मृत्यु भएको हो ।

दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलियाको पर्थमा गएका रामेछाप स्थायी घर भएका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।

तामाङ र लेखकले उपचारको क्रममा अस्पतालमै ज्यान गुमाएका हुन भने एक महिला आफ्नै कोठमा मृत अवस्थामा फेला परेकी हुन् ।

अध्ययनको लागि पर्थ पुगेका तामाङ केही दिनदेखि बेहोस अवस्थामा रहेको र उनको सोही स्थानको एक स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्तिम संस्कारको लागि तामाङको शव नेपाल पठाउन एनआरएन तथा स्थानीय संघ संगठनहरुले तयारी गरिरहेका छन ।

यस्तै लिभरकी बिरामी रश्मी लेखकको पनि उपचारकै क्रममा निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.