हुलाकी न्यूज,जनकपुरधाम : धनगढीमाई नगरपालिकाको कशहा र आरके मेडीसिटी अस्पतालको केही पक्षिममा स्कारपीओ र पिकअप भ्यान एकापसमा ठोकिएका छन् । इलामबाट काठमाडौंतिर आउँदै गरेको स्कारपीओ १७ च ९९६५ नम्बरको गाडी र वीरगंजबाट धरान तर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश २_०३_००१ च ७४१ एकापसमा ठोकिदा दर्जनौं घाइते भएका छन् ।

घाइतेहरू क्रमशहरु यस प्रकारका छन्  , प्रकाश ढकाल ,काठमाण्डौ ,राधेश्याम सापकोटा ,काठमाण्डौ , उमेश सुवेदी ,दक्षिणकाली , किशोर कुमार पोखरेल ,धरान , चिरञ्जीवी सापकोटा ,काठमाण्डौ ,सरोज पौडेल , काठमाण्डौ , विजय कुमार भुजेल , गौशाला , राजु नगरकोटी , दक्षिणकाली , देवेन्द्र सुवेदी , दक्षिणकाली १, दीपक हमाल ,काठमाण्डौ आज बिहान ११ बजे भएको उक्त घटनामा गम्भीर घाईते सबैको स्थानिय आरके मेडीसिटी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाइएको छ भने दुर्घटनामा गम्भीर घाइते भएका राजु नगरकोटीलाई अस्पतालले बाहिर रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी टोली पुगेर आवस्यक काम गरिरहेको स्थानीयलाई उदृत गर्दै दीपनारायण मण्डलले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.