हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामदेखि कमला नदीसम्मको हुलाकी सडक सहित अन्य जिल्लामा रहेको हुलाकी सडकमा थुपारिएको सरसमान, निर्माण वस्तु, गाई भैँसी, बाख्रालाई खाली गर्न सात दिने सूचना निकालिएको हो । हुलाकी राजमार्ग हुलाकी सडकलाई खाली गर्न आम सर्वसाधारणलाई ७ दिने सूचना प्रकाशित गरिएको छ ।
सडकमा जथाभावी गाई भैँसी बाँधेको, निर्माण समाग्रीहरु राखिएको कारण सवारी दुर्घटना बढेको भन्दै सडक पुरै खाली गर्न सूचना जारी गरिएको छ।
हुलाकी राजमार्ग आयोजना जनकपुरले गत भदौ ३ गते जारी गरेको सूचनामा बीरेन्द्रबजार–यदुकूहा–महिनाथपुर सडकखण्डमा राखिएको अन्य समाग्रीहरु हटाउन सूचना प्रकाशित गरिएको छ भने सो सडकखण्डको विभिन्न ठाउँमा व्यक्तिगत रुपमा निर्माण समाग्री राखिएको, गोबर, मल सहित अन्य वस्तुहरु राखेको भन्दै यथाशिघ्र खाली गर्न भनिएको छ ।
यसैसंगै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक अन्तर्गत समेत हुलाकी सडक खाली गर्न सूचना टासिएका छन् । सडकमा थुपारिएको बालुवा, गिट्टी सहित रोकी राखिएको सवारी साधनहरु समेत नलगाउन आग्रह गर्दै यथाशिघ्र खाली गर्न भनिएको हो ।