तस्बिर साभारः ओम उपाध्याय नेपालकाे फेस बुक
तस्बिर साभारः ओम उपाध्याय नेपालकाे फेस बुक

हुलाकी न्यूज,जनकपुरधाम : जापानबाट अनुदानको थप खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट पाँच लाख ५९ हजार ३६० अष्ट्राजेनिका खोप आइपुगेको खोप व्यवस्थापन शाखाका प्रमुख बडेबहादुर थापाले जानकारी दिनुभयो ।

यसअघि गत शनिबार जापानबाट दुई लाख ८ हजार सात सय डोज खोप काठमाडौं आइपुगेको थियो । जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी खोप नेपाल ल्याइएको खोप व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.