हुलाकी न्यूज, जनकपुरधा : आइतबार हिन्दूधर्मावलम्बीहरुले रक्षा बन्धन र जनैपूर्णिमा मनाउँदै छन् ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ‘रक्षा’ र ‘बन्धन’ । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ ‘सुरक्षाको गाँठो’ हुन्छ। यो चाड दाजुभाइ–दिदी–बहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदी–बहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।
यसैबीच, तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।
यसैगरी ब्लड फोर नेपाल (धनुषा)का टिमले जनकपुरधाममा रहेको कबिर बालआश्रमका स-साना नानी-बाबुहरु सँग हातमा रक्षाबन्धन बाँधेर र विभिन्न मीठा परिकारहरू खाएर रक्षा बन्धन मनाएका छन ।
ब्लड फोर नेपाल (धनुषा)का संयोजक निर्जला तिमिल्सिनाले कबिर बालआश्रमका बच्चाहरुको लागि मिष्ठान्न उपलब्ध गर्नु भएका जानकी मन्दिरका छोटा पुजारी ऋषिकेश झा धन्यबाद व्यतित गरेकीछिन्।रक्षाबन्धन शुभकामना आदानप्रदान कार्यक्रममा धनुषाका सहसंयोजक बलराम गुप्ता लगायतका सम्पूर्ण ब्लड फोर नेपालका टीम उपस्थित रहेका थिए।