हुलाकी न्यूज ,जनकपुरधाम : धनुषामा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।धनुषाको मिथिला नगरपालिका-९ की ५५ वर्षीया रेवती घर्ती मगरको मृत्यु भएको हो ।

गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना।१ ज। ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित ग्लोबल होटल अगाडि पैदलयात्री मगरलाई ठक्कर दिएको थियो ।

विङ्गरको ठक्करबाट गम्भीर घाइते भएकी मगरलाई उपचारको लागि विराटनगर लगिएको थियो ।प्रहरीका अनुसार उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।मगरको शुक्रबार बिहान विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।उनका अनुसार ठक्कर दिने विङ्गर र विङ्गर चालक सिरहाको धनगढीमाइ नगरपालिका(९ का ३५ वर्षीय रंजित लामा प्रहरीको नियन्त्रणमा रहेको छ ।लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईन्स्पेक्टर सुवेदीले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.