हुलाकी न्यूज,जनकपुरधाम : धनुषासहित तराईका बिभिन जिल्लाहरुमा इस्लाम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने मोहर्रमको धुमधामसंग मनाउदै छन्`।

मोहर्रमलाई ताजिया र स्थानीय भाषामा दाहा मेला भनिन्छ । बिहीबारदेखि धनुषासहित प्रदेश २ का विभिन्न स्थानहरुमा दाहा मेला शुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ३ शहीदचोकमा पनि बिहीबारदेखि दाहा मेला शुरु भएको हो । एक कार्यक्रमका बीच मिथिलाबिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले दाहा मेलाको उद्घाटन गरेका छन् ।

मोहर्रम इस्लाम धर्मावलम्बीहरुको पर्व रहेपनि यसमा हिन्दूहरु पनि हर्षोल्लासका साथ सहभागी हुने गरेको मेयर यादवल बताएका छन् । सामाजिक सद्भावको अविश्वसनीय उदाहरण दाहा मेला रहेको उनले थपे । मुस्लिम समुदायले आयोजना गर्ने यो मेलामा हिन्दूहरुमा पनि उत्तिकै सक्रियता रहने गरेको तर्क उनको थियो । मधेशमा मनाउने गरिएको यस्तो चाडपर्वले समाजलाई भाइचाराको धागोमा बाँध्न बल पुर्याएको मेयर यादवले थपे । स्थानीय अताबुल राईनले नीजि लगानीमा आयोजना गरेको मेलामा करिब सय फिट लामो आकर्षक दाहा बिहीबार नै ठड्याइएको छ । स्थानीयहरुको सहयोगमा दाहा खडा गरिएको थियो ।

तीन दिनसम्म चल्ने दाहा मेलामा सांस्कृतिक कार्यक्रम, कागजको ताहजिया बनाएर ढोल, तासा र झाज बजाउने, लाठीाँज्ने लगायतको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको छ । यस्तै, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकालमा पनि विशाल दाहा मेला आयोजना गरिएको छ । निकालमा पनि बिहीबार नै दाहा खडा भएको स्थानीयले बताए । यस्तै जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुर, फुलगामामा पनि हर्षोल्लासका साथ दाहा मेला मनाइदै छ । महोत्तरीमा पनि विभिन्न स्थानमा पनि बिहीबारदेखि नै मोहर्रम सुरु भएको छ । इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारेखदेखि शुरु हुने मोहर्रम पर्व १० तारेखसम्म मनाइन्छ । मुसलमान धर्मावलम्बीले इद, बकर इद र मोहर्रमको दशमीलाई धुमधामका साथ मनाउने चलन रहिआएको छ । हजरत मोहम्मदका नाति हसन र हुसैन मध्ये हुसैन शहीद भएको सम्झनामा मुसलमानहरुले यो पर्व मनाउँदै आएका छन् ।

महिलाहरुले गीतमार्पmत शहीदको सम्झना गरिरहदा किशोरहरुले जंगी भरेको दृष्यले पनि सर्वसाधारणको ध्यानाकर्षण तान्ने गरेको छ । इस्लाम धर्मका अगुवाले किशोरहरुलाई जंगी खेलाउने गरेका छन् । भाकल गरेका किशोरहरुले कम्तीमा पाँच वर्षसम्म जंगी खेल्नुपरेको छ । जंगी खेल्नेमा मुस्लिम मात्रै नभई हिन्दु किशोरहरु पनि उल्लेख्य संख्यामा सहभागी हुने गरेका छन् । अभिभावकले भाकल गरेका ५ देखि १५ वर्षसम्मका किशोरहरु जंगी खेलमा सहभागी हुने गरेको इस्लामी अगुवा पल्टु कवारी बताउँछन् । रोग व्याधीबाट ग्रसित भएपछि आमाबुवाले भाकल गरेपछि जंगी भर्ने चलन छ । जंगीको लागि सेता पहिरण हातमा कुचो र ढाडमा घण्टी लगाएका किशोरहरुले खेलेको दृष्य नियाल्न भीड नै लाग्ने गरेको छ ।

इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत अर्थात स्वर्ग पुर्याउने गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी करबला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.