हुलाकी न्यूज ,जनकपुरधाम : बारामा ब्रेक फेल हुँदा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यू संगै ८ जना घाईते भएको छ।दुर्घटनामा बस चालक मकवानपुरको हेटौँडा कमानेका ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको छ । बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार मोटरसाइकल चालक हेटौंडाकै इन्द्रबहादुर कार्की गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल चालक कार्कीसहित बसमा सवार आठ जना घाईते भएका छन् भने उनीहरुको उपचार हेटौंडामा भइरहेको डिएसपी मिश्रले जानकारी दिनुभएको छ। बस काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको थियो ।

ना. ६ ख. ४६४१ नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई नजिकै दुर्घटना भएको हो । बसको ब्रेक फेल भएर प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किएपछि दुर्घटना भएको बताइएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.