हुलाकी न्यूज ,जनकपुरधाम : आज विश्व फोटोग्राफी दिवश मनाइँदै छ । अहिले फोग्राफीको विकाससँगै फोटो पत्रकारिताको पनि विकास भएको छ । समय क्रमसँगै फोटो पत्रकारितामा धेरै परिवर्तन आएको छ । नेपालमा फोटोग्राफीका क्षेत्रमा आएको परिवर्तनको एक साक्षी हुनुहुन्छ वरिष्ठ फोटोपत्रकार मीनरत्न बज्राचार्य ।

उहाँले पहिले र अहिलेको फोटो पत्रकारितामा धेरे परिवर्तन आएको बताउँदै भन्नुभयो,“ पहिले फोटो खिचिसकेपछि ब्लक बनाउन जानु पथ्र्यो जिल्लाबाट पठाएको फोटो अफिसम्म आइपुग्न हप्तौँ बित्थ्यो, अहिले ठाउँको ठाउँ दिन मिल्ने प्रविधिको विकास भएको छ तर होडबाजीका कारण गलत तस्बिर र सूचना सम्प्रेषण हुन जानाले भ्रम सिजर्ना पनि हुन्छ ।”
“पहिले एक रोलमा ३६ वटा मात्र तस्बिर खिच्न सकिन्थ्यो, हरेक फ्रेम–फ्रेमको मूल्य थियो, अहिले धेरै सहज भएको छ ।” अहिले १६ जिविको मेमोरी भए हजारौँ फोटो खिच्न सकिने उहाँको अनुभव छ । उहाँले भन्नुभयो–फोटोको उत्सुक्ता धेरै हुन्छ तर अहिले कन्फिडेन्ट लुज छ किनभने, फोटो खिचेर हतपत हेर्न खोजिन्छ तर फोटो जर्नालिजमतिर ध्यान दिने हो भने हेर्नु पर्दैन, घटनाक्रमलाई ऐतिहासिक रुपमा ल्याउनुपर्छ, नभए जे पनि खिचेर समाचार दिन खोजेमा नेगेटिभ असर पर्छ ।” उहाँ आफूले पढेर भन्दा परेर जानेकाले अहिले पढ्न थालेको बताउनुभयो । र्
फोटो पत्रकारिता कसरी नैतिकवान बनाउन सकिन्छ, त्यसको महत्व कति छ भन्ने कुरा अहिलेका पिंंढीले लेन्सभन्दा सेन्सलाई बढी ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–जस्तो चितवनको बाँदर मुडे घटनाको एक टेलिभिजनले हेर्नै नमिल्ने भिडियो देखाएको थियो, त्यस्तो गर्नु हुँदैन । सिम्बोलिक तस्विर देखाउनुपर्छ । त्यही घटनाको अर्को तस्विर थियो जसलाई एक पत्रकारले खिच्नु भएको थियो एउटा हात मात्र भएको, त्यसतो फोटो राख्न मिल्ने उहाँको बुझाइ छ । स्कुप स्कुप भनेर हतार गर्नुभन्दा पनि सूचनालाई अलि बटुलेर जानकारी लिने गर्नु फोटो जर्नालिजमको प्रमुख काम रहेको उहाँको भनाइ छ ।

खिचेको कति फोटो सार्वजनिक गर्न मिल्छ सम्पादकसँगको सहकार्यमा मात्र सार्वजनिक गर्ने गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । उहाँले नेपाली पत्रकारितामा फोटोको महत्व रहे पनि मूल्य खासै नभएको बताउनुभयो । “ विदेशी पत्रपत्रिकामा हेर्ने हो भने प्रत्येक फोटोको मूल्य दुई सय ५० देखि हजारौँ डलर पर्ने गर्छ,” उहाँले भन्नुभयो,“ नेपालमा टूर एण्ड ट्राभल्स एजेन्सि खोलेर बसेकाहरुले नेपालको तस्विरलाई आम्दनीका स्रोत बनाएर जीवन चलाएका कयौँ उदाहरण आफूले देखेको र उहाँहरुलाई विश्व फोटोग्राफी दिवसको अवसरमा शुभकामना दिनुभयो ।

फोटो पत्रकार मीनराज बज्रचाय सन् २००६ देखि डिजिटल क्यामेरा चलाउने मौका पाउनु भएको थियो । फाइभ डि क्यामेरा चलाउँदा आफूले संविधान सभाको पहिलो फोटो खिचेको र त्यो फोटोले धेरै चर्चा पाएको उहाँ बताउनुहुन्छ । त्यही फोटोले आफूलाई चिनाएक ोसमेत उहाँ स्वीकार गर्नु हुन्छ । त्यो फोटो सम्पादकको हातमा पुगेपछि सम्पादकले भनेको कुरा याद गर्दै उहाँले भननुभयो–“मैले हजारौँ लेख्नुपर्ने शब्दको लागि तपाईले एउटा फोटो ल्याई दिनुभयो यसैले सबै कुरा बोल्छ ।” अनि उहाँले दुई लाइन लेखेर एक पेज पुरै त्यो छाप्नुभयो पत्रकार बज्रचार्यले भन्नुभयो । एक जना परिचितले आफूलाई अस्ट्रेलिया भ्रमणमा लगेको र त्यहीबाट फोटो खिच्दा खिच्दै नेपालमा आएर आफू पत्रकारितामा दोर्याइएको बताउनुभयो ।

भविष्यको पिढीलाई अध्ययन अनुसान्धन गर्न सहज होस् भन्ने उद्देश्यले फोटोग्राफर तथा फोटो पत्रकार मीनराज बज्रचार्यलाई पुरानो क्यामेरा संकलन गर्ने शोख छ । उहाँले गरेको क्यामेरा संकलन कै क्रममा डाक्टर सुमित्रा मानन्धरले ३०–४० वर्षका पुरानो क्यामेराहरु उपलब्ध गराई सहयोग गर्नु भएको छ । फोटो जर्नालिजम नयाँ पिढीका लागि अध्ययन जस्तै रहेको उहाँको बुझाइ छ ।गोरखापत्र अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.