हुलाकी न्यूज ,जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरे सभामुख अग्नि सापकोटालाई काम गर्न नदिने चेतावनी दिएका छन्।
बिहीबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा ओलीले सभामुखले माओवादी कार्यकर्ता भएर एमाले फुटाउने षड्यन्त्रमा सामेल भएको आरोप लगाएका छन्।
उनले भने ‘उहाँ के पर्खिरहनु भएको छ, उहाँले ठान्नु भएको होला उहाँले नसुनाएसम्म पद कायमै रहन्छ। र त्यो कायमै रहेको एमाले विरोधी मान्छे संसदमा उपस्थित गराउने। अग्नि सापकोटालाई म सोध्न चाहान्छु। संसद चलाउनु छ कि छैन उहाँलाई?’



