हुलाकी न्यूज ,जनकपुरधाम : बुद्धको मूर्ति किनबेच गरिरहेका पाँच जना बर्दियाबाट पक्राउ परेका छन् ।

बर्दियाको गुलरिया बजारको गेष्ट हाउसमा सयौँ वर्ष पुरानो बहुमूल्य धातुबाट बनेको बुद्धको मूर्ति करोडौँ रुपैयाँमा किनबेच भइरहेको सूचनाका आधारमा छापा मारेर प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाका निराजन उप्रेती, उज्ज्वल रोकाया, अमृत राई, ईश्वरीप्रसाद उपाध्याय र मगबहादुर नेपाली  रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.