हुलाकी न्यूज ,जनकपुरधाम : लालबन्दी नगरपालिका–१७ रानीगञ्ज डाँडाटोल बस्ने राजन भुजेलकी छोरी प्रियंकाको हत्या भएको सर्लाही प्रहरीले पुष्टि गरेको हो ।

हत्या आरोपमा प्रहरीले दुई किशोरलाई पक्राउ समेत गरेको छ । लालबन्दी नगरपालिका १७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएपी माधव बुढाथोकीले जानकारी दिएका हुन्।

गएको साउन ३१ गतेदेखि हराइरहेकी प्रियंकाको खोजविनको क्रममा शव गएको मंगलबार साँझ घरभन्दा तीनकिलो मिटर पर कालिञ्जोर खोलाको बगरमा खाडल खनेर गाडेको अवस्थामा फेला परेको थियो ।

पक्राउ परेका दुई किशोरले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारिसकेको डिएसपी बुढाथोकीले बताए । उनीहरुले नै किशोरीको शव गाडेको ठाउँ देखाएपछि फेला परेको प्रहरीको भनाइ छ ।स्थानीयले भने प्रियंकाको बलात्कार गरी हत्या भएको आशंका गरेका छन् । प्रहरीले भने बलात्कार विषयमा पुष्टि गरेको छैन ।

प्रियंकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आए थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रियंकाको हत्याको विरोधमा स्थानीयबासिन्दाले बुधबार लालबन्दीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै दोषीमाथि कडा कारबाही र क्षतिपुर्तिको माग गरेका थिए ।
प्रियंकाकी बुबा राजनले पक्राउ परेका दुवै किशोर विरुद्ध किटानी जाहेरी प्रहरीमा दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.