हुलाकी न्यूज ,जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका २ निवासी विन्दे मण्डल खत्वेले स्थानीय मिथिलेश्वर झाले लाखौको ठगी गरेको आरोप लगाएका छन् । गत बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन वर्ष पहिले गाउँकै मिथिलेश्वर झाले आफुसंग रहेको सात धुर जग्गा बेच्न चाहेको भन्दै ११ लाख २० हजारमा टुंगो गरेर सात लाख बैना गरि जग्गा नदिएको आरोप लगाएका छन् ।
उनले जग्गाको नक्सा चेकजाँच गर्दा झाको मात्रै तीन धुर जग्गा देखिएको बताउदै सात लाख र पछि १ लाख ७५ हजार गरि आठ लाख ७५ हजार ठगी गरेको बताएका छन् । २०७५ चैत १७ गते ७ लाख लिएर बैना गरेपनि अहिले सम्म पैसा फिर्ता गर्न नमानेको बताएका हुन् । प्रहरीमा निवेदन दिदा झाले आफुले लिएको पैसाको सावा व्याज सहित तिर्ने भन्दै सहमती गरेपनि अहिले सम्म एक पैसा पनि फिर्ता नदिएको दुखेसो पोखेका छन् भने बैनाको कागज समेत बनाएको छ, तर सोको पालना नभएको तथा जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषामा जाँदा पनि न्याय नपाएपछि पत्रकार माझ आउन वाध्य भएको बताएका हुन्। पीडित खत्वेले न्यायका लागि पहल गरिदिनका लागि सवैसंग आग्रह समेत गरे ।