हुलाकी न्यूज ,जनकपुरधाम : सर्लाहीमा साउन ३१ गतेदेखि बेपत्ता रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत भेटिएकी थिइन् ।

ति मृत्यु भएको किशोरीको घटनामा स्थानीय तथा परिवारजनले हत्या भएको दावी गर्दै प्रदर्शन गरेका हुन् । गत मंगलबार राति मृत फेला परेकी रानिगन्जकी एक किशाेरीको मृत्यु प्रकरणमा स्थानीयवासीले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि आएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

दोषीलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानीयहरुले मध्यान्ह १२ बजेबाट नाराबाजीसहित टायर बालेर चक्काजाम समेत गरिरहेका छन् । उनको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएका छन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.