हुलाकी न्यूज ,जनकपुरधाम : धनुषा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१९ सिरान चोक बेसी बस्ने कृष्ण बहादुर ब्लोनको ३२ वर्षीय छोरा विरबहादुर ब्लोन रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.०४ मुरली चोकस्थित आवत जावत गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा सोमबार साँझ बिश्वकर्मा चोक तर्फबाट तिब्र गतिमा आईरहेको बा.५ च.१४० नम्बरको रातो रंगको पिक अप गाडीलाई चेकजाँच गर्दा एक सय २० किलोग्राम लागूऔषध गाँजासहित उनलाई पक्राउ गरिएको छ ।

उनले चलाई ल्याएको बा.५ च.१४० नम्बरको रातो रंगको पिक अप गाडी तथा निजको शरीर समेत खानतलासी गर्दा गाडीको पछाडी समान बोक्ने ठाउँमा पछाडी पट्टी प्लाष्टिकको खाली क्यारेट भित्र पट्टी ज्भबखथ लेखिएको ५०० लिटरको प्लाष्टिकको पानीको ट्याँकी भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा बरामद भएको थियो ।

प्लाष्टिकले बेरी डोरीले बाधेको अवस्थामा १० वटा पोकाहरुमा लागूऔषध गाँजा फेला परेको हो । १० वटै पोकामा रहेको गाँजाहरु नजिकै रहेको पसलमा लगी विर बहादुर ब्लोन समेतको रोहवरमा तौल गर्दा १२० के.जी. गाँजा भएको थियो ।

रितपुर्वक बरामद गरी गाडी चालक बिर बहादुर ब्लोनलाई तत्काल गाजा र गाडी समेत नियन्त्रणमा लिई थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.