हुलाकी न्यूज,जनकपुरधाम :मदिरा सेवन गरी कोशी अस्पतालमा डाक्टरबनेर बिरामी परीक्षण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार राति  कोशी अस्पतालको गाइनो वार्डमा बिरामीको स्वास्थ्य जाँच गर्ने विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका बानियालाई आवश्यक कारवाहीको लागि अस्पताल प्रशासनले मोरङ प्रहरीमा पत्र पठाएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताउनु भयो । मध्य राति अस्पताल आएर नक्कली डाक्टरको भेषमा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको र आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाईएको दासको भनाइ रहेको छ ।

बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । ‘मदिरा सेवन गरेपछि डाक्टर बनेर अस्पतालमा बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको उहाँको भनाइ छ । विरामीको स्वास्थ्य परीक्षण गर्दा हातमा पन्जासमेत नलगाई उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको खुलेको अस्पतालले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.