हुलाकी न्यूज,जनकपुरधाम :तीन दिनदेखि बेपत्ता बाराका एकै परिवारका चार बालिकाको भारतबाट सकुशल उद्धार गरिएको छ ।भारतको श्रीसियामाबाट बालिकाहरूलाई फेला पारेर भारतीय प्रहरीको समन्वयमा सकुशल उद्धार गरी परिवारजनको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
बाराको देवताल गाउँपालिका वडा नम्बर १ बडकी फुलवरिया टोल बस्ने नरेश साह गोढकी चार छोरी गत साउन २७ गतेदेखि आफ्नै घरबाट बेपत्ता भएका थिए ।गोढकी १२ वर्षीया काजल कुमारी, १० वर्षीया आँचल कुमारी, ८ वर्षीया अञ्जली कुमारी र ६ वर्षीया नेहा कुमारीलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बालिकाहरुको अवस्थाबारे प्रहरीले जानकारी पाएको २४ घण्टाभित्र फेला पारी परिवारको जिम्मा लगाएकोे हो ।



