हुलाकी न्यूज,जनकपुरधाम : सर्लाहीमा एक अस्पतालले बिरामीलाई म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको छ ।

सर्लाहीको बागमती नगरपालिका–१२, स्थित वीरगोर्खाली चोकमा रहेको बागमती मोडेल अस्पतालले बिरामीलाई म्याद गुज्रिएको औषधि दिएको पाइएको हो ।

गत साउन २१ गते मोटरसाईकल दुर्घटनामा परेर उपचारका लागि अस्पताल पुगेका एक जना बिरामीलाई उपचारपश्चात अस्पतालभित्रै संचालनमा रहेको फार्मेसीबाट म्याद गुज्रिएको औषधि दिएको पाइएको हो । हरिवन नगरपालिका–३, सासापुर निवासी मिलन लामाले दुर्घटनामा परेर घाईते भएको आफूलाई अस्पतालले म्याद गुज्रिएको औषधि दिएको बताएका छन् । लामालाई अस्पतालले दिएको क्याल्सियम र भीटामिन डी–थ्री औषधिको म्याद गत अंग्रेजी मार्च महिनामै सकिएको थियो ।

यता, अस्पतालले भने फार्मेसीमा काम गर्ने कर्मचारीको गल्तीका कारण बिमारीलाई म्याद गुज्रिएको औषधी परेको स्वीकार गरेको छ । अस्पतालका डा.उपेन्द्र महतोले बिमारीको स्वास्थ्यमा खेलवाड गर्ने अस्पतालको मनसाय नभएको बताएका छन् । तर औषधि दिँदा फार्मेसीका कर्मचारीबाट गल्ती हुन पुगेको भने उनले स्वीकार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.