हुलाकी न्यूज,जनकपुरधाम : कोसी ब्यारेजमा आज आइतबार दिउसो २ बजे २ लाख २४ हजार ८० क्युसेक पानीको बहाव मापन गरिएको साथै बराह क्षेत्रमा १ लाख ३४ हजार ४ सय ५० क्युसेक पानीको बहाव मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।

निरन्तर वर्षा भइरहेकोले हरेक घण्टैपिच्छे पानीको बहाव बढेसँगै कोसी ब्यारेजमा २९ वटा ढोका खोलिएको र निरन्तर पानीको बहाव बढे पनि अहिलेसम्म तटीय क्षेत्रमा कुनै समस्या भने नदेखिएको प्रमुख जिल्ला अधिकारी ढकाल बताउनुभएको छ  ।

पानीको बहाव बढ्ने क्रम निरन्तर भएकोले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने सुनसरी प्रशासनले जानकारी दिएको छ । पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ ।त्यसैगरी बराह क्षेत्रको चतरामा पनि पानीको बहाव बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.