हुलाकी न्यूज,जनकपुरधाम : बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ । हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.