हुलाकी न्यूज,जनकपुरधाम : जसपाका प्रभावशाली नेता तथा प्रदेश २ का पुर्व भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनल खेतमा काम गरेको देखिएपछि प्रशंसा भएको छ। आइतवार विहान मजदुर तथा अन्य किसानसँगै उनी काम गरेको तस्वीर सार्वजनिक भएपछि उनको चौतर्फी प्रशंसा भएको हो ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ स्थित लिपनीमालमा उनी धान खेतमा काम गर्न पुगेका थिए । कृषि कर्ममा हुने पीडा बुझ्नुका साथै किसानलाई हौसला दिन उनी आफ्नै धान खेतमा घाँस उखेल्न पुगेको छन् । यसरी बेलाबेलामा  खेतीपातीमा समेत रुची देखाउने पुर्वमन्त्री सोनलले खेतमा मलखाद्य छर्किने लगायतका काम समेत गर्दै आएको उनका स्वकिय सचिव रमेश शर्राफले जानकारीदिएका हुन् ।

प्रदेश सरकारमा मन्त्री रहँदा सोनलले किसान हितका लागि खेत खेतमे पानी हाथ हाथमे काम लगायतका विभिन्न योजनाहरु ल्याएपछि समेन प्रशंसा बटुलेका थिए । किसान परिवारमै हुर्केका कारण पुर्वमन्त्री सोनलको कृषिकर्ममा बढी लगाब रहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.