हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा हस्तनिर्मित राखी बनाउने प्रतियोगिता २०२१ सम्पन भएको छ ।
हस्तनिर्मित राखी बनाउने प्रतियोगिताका मुख्य अतिथि डा.ईर कृष्णचन्द्र प्रसाद साह, विशेष अतिथि डा.सोनू साह, अञ्जु नायक, सायाम चौधरी र सतीशसाह रहेका छन् भने धनुषा जनकपुर लियोक्लब द्वारा आयोजित र श्री धर्म संस्था, मोनेस्टिक स्कूल,वोरेक नेपाल धनुषा ,गीता गिफ्ट होउस, युथ एडवोकेसी नेपाल प्रोविंस -२ ,मोदेर्ण मिथिला र पीसीएमसी द्वारा समर्थितमा सफल भएको छ।
यस हस्तनिर्मित राखी बनाउने प्रतियोगिता को पहिलो विजेता रिशवसाह रहेका छन् ऊनलाई नगद पुरस्कार रु ३००० दिएको छ ।
यसै गरी दोस्रो विजेता मेघासाह रहेकी छिन् ऊनलाई नगद पुरस्कार २००० दिएको छ र
तेस्रो विजेता आभासिंह रहेका छन् ऊनलाई नगद पुरस्कार १००० दिएको छ।
हस्तनिर्मित राखी बनाउने प्रतियोगितामा बिभिन्न स्कूल र कलेज बाट २८ जाना सहभागीहरु गरेका थिए भने मोनास्टिक कलेजमा प्रतियोगिता आयोजित गरीएको थियो।