हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिन्छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मालम्बीहरु मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाई रहेका छन्।

जनकपुरधामको मन्दिरहरुमा हिले प्रत्येक साँझ जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिर लगायत धनुषा, महोत्तरी, सिरहा, सर्लाही जिल्लामा धुमधामसाथ झुलनोत्वसव पर्व मनाउने परम्परा रहेको छ ।

साउन शुक्ल तृतिया तिथिबाट शुरु हुने झुलनोत्सव पूर्णिमासम्म प्रत्येक राति जारी रहन्छ । झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाईने परम्परा रहेको छ ।

 

तराईमा धानको रोपनी समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता शुरु भएको हेर्न सकिन्छ । यस क्रममा हरेक मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने गीतहरु कर्णप्रिय आवाजमा सुन्न सकिन्छ ।
झुल्नोत्सवमा युवतीहरु झुलाको गीत गाउने र भगवान्को पूजा अर्चना गरेपछि भक्तजनलाई पूलपाती पञ्चामृत र नैवेध बाड्ने परम्परा रहेको छ । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ ।

यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि देवीदेवताको प्रतिमा स्थापित प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताएका छन् । यस उत्सवमा जनकपुरधामका मन्दिरहरुबीच उत्सवको प्रतिस्पर्धा नै देख्न सकिन्छ ।

एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ ।जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाईन्छ।  जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास गरेको बताईन्छ । दासको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरुको स्थापना भएको र विभिन्न उत्सवहरुको सुरुवाता समेत भएको मानिनछ । सुरकिशोर दास माता जानकीलाई पुत्री मान्दथे । उनले कहिलेकाही माता जानकीसँग कुराकानी गर्दथे मानिन्छ र माता जानकीको सल्लाहमा आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेका हुन् । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.