हुलाकी न्यूज,जनकपुरधाम : तालिबानका प्रवक्ता मोहम्मद सुहेल शाहिनले भारतले अफगानिस्तानमा सेना पठाए राम्रो नहुने धम्की दिएका छन्।उनले अफगानिस्तानको विकास निर्माण र पनुर्निर्माणमा भारतले गरेको कार्यको प्रशंसा गर्दै आन्तरिक मामिलामा हस्तक्षेप गर्न सेना पठाए नराम्रो हुने बताएका हुन्।
“यदि सैन्य रुपमा भारतको उपस्थिति अफगानिस्तानमा हुन्छ भने त्यो राम्रो हुँदैन।भारतले अन्य देशका सेनाको हालत पक्कै देखेको छ।यसैकारण भारतको लागि यो खुला पुस्तक पनि हो”,शाहिनले भने।एजेन्सी।