हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवका सल्लाहकार जीवनाथ चौधरीलाई सम्मान गरेको छ । निजामती कर्मचारी युनियन धनुषाले आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश २ का संयोजक राजकिशोर राउतले सल्हाकार चौधरीलाई सम्मान गरेका हुन्। यस्तै मन्त्री यादवका स्वकीय सचिव धीरेन्द्रमोहन झालाई पनि सम्मान गरेको छ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकार चौधरीले राजनीति विचारको आधारमा प्रदेशका कर्मचारीलाई प्रताडित हुन नदिने प्रतिबद्धता जनाए । उनले राजनीति आस्थाको आधारमा सरकारमा रहेको दलले विपरित दलसंग आबद्ध कर्मचारीलाई दु:ख दिने प्रवृत्ती हटाउने विश्वास दिलाएका हुन् ।
चौधरीले भने, ‘म पनि पीडित कर्मचारी हो । अपराध नै नगरेपनि ९ वर्ष देखि जिम्मेवारी बिहिन छु । सर्वोच्च अदालतमा २ वर्ष देखि मुद्धा अलपत्र पर्दा मैले समस्याको सामना गरेको छु ।’ काग्रेसमा लागेका कारण माओवादी र मधेसवादीका मन्त्रीले ३ लाखको योजनामा फसाउने षड्यन्त्र गरेको चौधरी आरोप लगाएका छ।
कार्यक्रममा प्रमुख अतिथि राजकिशोर राउतले समायोजनमा प्रदेश सरकारले विभेद गरेको बताए । मुख्यमन्त्री कार्यालयले निजामती कर्मचारी युनियनमा आबद्ध भएका कर्मचारीसंग भेदभाव गरेकोले काग्रेस सरकामा आएपछि विभेदमा परेका कर्मचारीलाई सरकारको तर्फबाट सहयोग हुनु पर्ने बताएका हुन्।
कार्यक्रममा निजामती कर्मचारी युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेल, केन्द्रिय सदस्य विद्या चौधरी, रन्जु चौधरी लगायतका वक्ताहरुले कार्यक्रममा सम्बोधन गरेका थिए ।



