हुलाकी न्यूज ,जनकपुरधाम : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) अन्तर्राष्ट्रिय समितीको डिजिटल माध्यमद्वारा अधिवेशन सम्पन्न भएको छ।
१४ अगस्त २०२१ मा सम्पन्न अधिवेशनद्वारा चौथो कार्यकालका लागी ई. शम्भूनाथ साह (कतार) को नेतृत्वमा ५६ सदस्यीय अन्तर्राष्ट्रिय समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा ई. संजय कर्ण (युएई), डॉ. रविंद्रकांत मंडल(रसिया), डॉ. लोकेंद्र यादव(भारत), ई. धीरज कुमार साह (यूएसए), ई. अभिषेक झा (यूएसए) चयन भएका छन् भने महासचिवमा डॉ. श्याम महतो(सिंगापुर), सचिवमा उपेन्द्र अधिकारी यादव(साउदी अरेबिया), ओम नारायण मंडल(कुवैत), ई. रामदेव राय(कतार), शंकर दास (मलेशिया) चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा सन्त साह(यूएई), सह कोषाध्यक्षमा बद्री यादव(कतार), प्रवक्तामा ई. वीरेंद्र कुमार साह (कतार), मीडिया को-ऑर्डिनेटरमा संतोष ठाकुर(युएई), सह मीडिया को-ऑर्डिनेटरमा प्रमोद साह(मलेशिया) चयन भएका छन्।
त्यसैगरी कार्यकारी सदस्यहरुमा केशव कुमार साह (बहराइन), डॉ. राजेश साह (बंगलादेश), कस्तूरी जयसवाल (चीन), विपिन साह (फ्रांस), उमेश प्रसाद साफी रजक (भारत), संतोष विश्वास (भारत), ई. सकलदीप यादव (आयरलैंड), ई. जयप्रकाश कुमार साह (इटली), मनोज साह (जापान), दिनेश यादव (जापान), राहुल कुमार साह (जापान), बालेश्वर साह (जॉर्डन), इन्द्रजीत यादव (कुवेत), श्यामदेव यादव (कुवेत), सिकेन्दर यादव (मलेशिया), वीरेन्द्र यादव(मलेशिया), डा. राजेश्वर प्रसाद कुशवाहा (मालदीव्स), अमरेश मंडल (ओमान), अमित कुमार यादव(पोलैंड), रविंद्र चौधरी (पोर्चुगल), ई. विजय यादव (कतार), विद्यानन्द यादव (कतार), रामजनम शर्मा (कतार), विजय कुमार दास (कतार), परमहंस ठाकुर (कतार), तेज नारायण मंडल (कतार), मोहम्मद असगर अली(कतार), सन्तबीर महतो(रोमानिया), अशोक साह (सऊदी अरेबिया), सिटी प्रसाद साह उर्फ त्रिलोकी साह (सऊदी अरेबिया), श्याम सुंदर साह(सऊदी अरेबिया), रमेश ठाकुर (साऊदी अरेबिया), अब्दुल सलाम अंसारी (सऊदी अरेबिया), अरुण कुमार मेहता (दक्षिण कोरिया), डॉ. माधव मिश्रा (स्वीडेन), मदन यादव (युएई), शम्भू महरा(युएई), जगनारायण मंडल(युएई), ई. राम विश्वास राय(यूके) र अनिल यादव (यूएसए) चयन भएका छन।
त्यस्तै सल्लाहकारहरुमा ई. बसन्त कुमार कुशवाहा, राष्ट्रिय उपाध्यक्ष, जनमत पार्टी तथा पूर्व अध्यक्ष, गैर आवासीय मधेशी संघ; ई. इन्द्रजीत यादव, राष्ट्रिय उप-महासचिव, जनमत पार्टी तथा पूर्व उपाध्यक्ष, गैर आवासीय मधेशी संघ; ई. सुरेन्द्र नारायण यादव, राष्ट्रिय कोषाध्यक्ष, जनमत पार्टी तथा पूर्व कोषाध्यक्ष, गैर आवासीय मधेशी संघ; ई. सुजित कुमार ठाकुर, पूर्व प्रवक्ता, गैर आवासीय मधेशी संघ र शिवकुमार पाल, पूर्व मीडिया कोऑर्डिनेटर, गैर आवासीय मधेशी संघ रहेका छन्।
८ सेप्टेम्बर २०१० मा स्थापना भएको एनआरएमएका संस्थापक अध्यक्ष डा. सीके राउत हुन्। त्यस्तै संस्थापक उपाध्यक्ष रहेका ई. बसन्त कुमार कुशवाहाले पछिल्लो दुई कार्यकाल अध्यक्षको ज़िम्मेवारीका साथ नेतृत्व गरेका छन्।
“परदेशमा मधेशीको साथी” नाराबाट मधेशीलाई एकजूट गर्दै हालसम्म ५० देशमा गैर आवासीय मधेसी संघले संगठन विस्तार गरिसकेको छ। यस संगठनमा हाल सम्म २ लाख बढ़ी सदस्यहरू रहेका छन्।
एनआरएमएले मधेशी बाहुल्य देशहरुमा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई संगठित गर्दै आएको छ।
त्यस्तै, एनआरएमएले बिदेशमा समस्यामा परेका मधेशीलाई आवश्यक सहयोग उपलब्ध गराउदै आईरहेको छ। आर्थिक सहयोगदेखि रोज़गार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ।
बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ।
त्यस्तै एनआरएमएले मधेशमा हुने गरेको प्राकृतिक प्रकोप जस्तै बाढी, भूकम्पका बेला प्रवासबाट सहयोग, राहत तथा निःशुल्क उपचार सेवाहरु दिंदै आएको छ। त्यस्तै यस संगठनले बिश्व स्तरमा रहेको संस्थाहरू जस्तै संयुक्त राष्ट्र संघ, यूएनपीओमा मधेश र मधेशीको प्रतिनिधित्व गर्दै आएको छ।
नवनियुक्त अध्यक्ष ई. साहले मधेशको विकासका लागी एनआरएमएले अनुसन्धानमूलक ढंगले निती तथा योजना प्रस्ताव गर्ने काम समेत गर्दै आईरहेको बताए। मधेशमा आधुनिक कृषि प्रणाली, औद्योगिकरण, पर्यटन, सौर्य ऊर्जा, वातावरण संरक्षण इत्यादिका क्षेत्रमा योजनाबद्ध ढंगले आयोजना प्रस्तावहरु ल्याई मधेशमा लागू गराएर मधेशको बिकास तथा समृद्धिको लक्ष्य हासिल गर्ने काममा सहयोग गर्ने बताए ।
निर्वतमान अध्यक्ष ई. कुशवाहाले नवगठित एनआरएमए अन्तर्राष्ट्रिय समितीलाई बधाई तथा शुभकामना दिंदै आउंदा दिनमा संगठनले बिदेशी भूमिमा अझ सशक्त, संगठित र प्रभावकारी रूपमा अगाड़ी बढ्न सक्नेमा विश्वास ब्यक्त गरे।
सो अधिवेशनलाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डॉ. सीके राउतले बिदेशी भूमिमा रहेर पनि स्वदेशमा आर्थिक तथा सामाजिक रुपमा रूपान्तरण गर्न पहल गर्नु पर्ने तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा सशक्त सहभागिता गराउनु पर्ने सुझाव दिए।