हुलाकी न्यूज ,जनकपुरधाम : प्रदेश २ का राजधानी जनकपुरधामको रामानन्द चौकमा २५ वर्षीय युवक मृत अवस्थामा फेला परेको छ ।
शनिबार बिहान मृत फेला परेका युवकको नाम र ठेगाना खुल्लन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले बताए ।
उनका अनुसार अहिले उक्त युवकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताए ।



