हुलाकी न्यूज , वीरगञ्ज : वीरगञ्जबाट चोरी भएका ४ मोटरसाइकलसहित दुई जना चोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका दुवै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतिपुर घर भएका २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएका छन ।

उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एकरएक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

दुवै जनाले आफ्नै घर अगाडिको खाली जग्गामा मोटरसाइकल लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.