हुलाकी न्यूज,जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार नारायणहिटी राजदरवारस्थित संग्रहालय पुगेर अवलोकन गरेकी छन्।

निषेधाज्ञाका कारण सर्वसाधारणका लागि बन्द रहेको संग्राहलयमा राष्ट्रपतिबाट अनौपचारिक भ्रमण भएको नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए। राष्ट्रपतिद्वारा अनौपचारिक रुपमा नारायणहिटी दरबारको अहिलेको अवस्थाको अवलोकन भएको जनाइएको छ।

तामझाम बिनै करिब सवा २ घण्टा एउटा अवलोकनकर्ताको रुपमा राष्ट्रपतिद्वारा संग्रहालयको अवलोकन भएको निर्देशक दाहालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.