हुलाकी न्यूज,जनकपुरधाम : जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइ मा र बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था हरुको सहकार्यमा आज  तीन दिबसीय कार्यक्रम अन्तर्गत आज दोश्रो दिन ट्राफीक सम्बन्धि सचेत गराएर युवा दिवस मनाएको छ ।

शुक्रबार सञ्जालले प्रदेश नम्बर २ को अस्थाइ राजधानी जनकपुरधाम को जनकचौकमा ट्राफीक नियम को उल्लंघन गरेमा हुन सक्ने क्षति को बारेमा र कोरोना भाइस (कोभिड–१९)बाट हुन सक्ने क्षतीप्रति सचेत गराउदै युवा दिवस मनाएको हो ।

सचेतना कार्यक्रम मा हेलमेटको बेल्ट लगाए बिना सवारी हाक्ने लाइ पैदल हिड्ने यात्रीलाई फुटफाट र जेब्रा क्रसीङ्ग कसरी गर्ने भने सचेत गराएका छन संग संगै कोरोना विरुद्व आम सर्वसधारणलाई माक्स बितरन गरेर सचेत गराइएको सञ्जालका महासचिव कुलदिप साहले जानकारी दिएका हुन्।

बढ्दै गएको सवारी दुर्घटनामा सबभन्दा बढी प्रभावित युवा नै भएकोले युवाहरुलाई सहभागी गराएर सचेतना कार्यक्रम गर्न लागेका छौ जसले गर्दा एउटा युवा सचेत हुदा त्यसको घरमा रहेको सम्पूर्ण सदस्यहरुलाइ आफै सचेत गराउन सकीन्छ।बाटोमा कसरी हिड्ने ,बाटो क्रस गर्दा कसरी गर्ने, जेब्रा क्रस कसरी गर्ने लगायतका कुराहरु घरमा रहेको बाकी सदस्यहरुलाइ सचेत गराइदिन्छ। बढ्दै गएको सबारी दुर्घटनामा सब भन्दा बढी युवा नै प्रभावित भएको ले यस्तै किसीमका अरु कार्यक्रम हरु पनी गराउदा न्यनीकरन गर्न सकिन्छ भन्ने बिशबास गरेका छन। तीन दिबसीय कार्यक्रम को अन्तीम दिन शनिबार बिहान ८ बजे देखी राधाकृष्ण मन्दिर मा रक्तदान कार्यक्रमको तालिका राखेका छन् ।
साझेदारी संस्था हरुको नाम जि. ट्राफिक कार्यालय धनुषा, जनकपुरधाम उप महा नगरपालिका, नेपाल प्रहरी,वेरेक नेपाल, इन्सेक, उन्नत नेपाल, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, धनुषा ,नील हीरा समाज , माण्डबी, एमनेस्टी इन्टरनेसनल, नेपाल हृदय फाउन्डेसन , रङ्गदर्पण नेपाल, महीला मैत्री समाज र एडभोकेसी फोरम लगायत का संस्थाहरु छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.