हुलाकी न्यूज,जनकपुरधाम:  जनकपुरधामका युवाहरुले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सचेतनामुलक रयाली निकालेको छ । दिवसको अवसरमा जिल्ला युवा सञ्जाल धनुषाको अगुवाईमा युवाहरुले यमराज, कोरोना र डाक्टरको स्वरुप बनाएर कोरोना विरुद्वको सचेतना जगाउदै दिवस मनाइएको छ ।

सञ्जाल धनुषाको महासचिव कुल्दिप साहले दिवसको अवसरमा कोरोना विरुद्वको सचेतनाका लागि झाँकी सहितको रयाली गर्नुका साथै जानकी मन्दिरमा दिप प्रज्वलन, दुईजना युवा उद्यमीलाई नगद पुरस्कारको घोषणा गरिएको साथै भोली र पर्सी क्रमश ट्राफिक सचेतना र रक्तदान सहितका कार्यक्रम गरि तिनदिवसीय कार्यक्रम गरिदै छ । साथै युवाहरुले कोरोना विरुद्वको खोप युवाहरुलाई सहज उपलब्ध् गराउनु पर्ने मांग गरेका छन् ।

तीन दिबसीय कार्यक्रमहरु सार्वजनिक गरेका छन । कार्यक्रम हरुको नाम * 2078/04/28 गते कोभिड सचेतना प्रदर्शनी (प्रदर्शनी मा कोराना भाइरस,यमराज, डाक्टर बनेर झाकी गरी नेपाल सरकारो मास्क लगाउ अभियानलाइ आत्मसात गर्दै मास्क बितरन पनी गरेका हुन् भने साझमा जानकीमन्दिर को प्राङ्गनमा दिप प्रज्वलीत गरी २ ओटा युवा महीला उधमीलाइ आर्थिक सहयोग गरेका छन् संगै, * 2078/04/29 गते शुक्रबार ट्राफिक सचेतना संगै नेपाल सरकारको मास्क लगाउ अभियानलाइ सहयोग गर्ने 2078/04/30 गते शनिबार रक्तदान कार्यक्रम गरी रेडियो मा युवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी मनाउने। * साझेदारी संस्था हरुको नाम प्रदेश सरकार 2, जनकपुरधाम उप महा नगरपालिका, नेपाल प्रहरी,वेरेक, नेपाल, इन्सेक, उन्नत नेपाल, WHRD, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, जि. ट्राफिक कार्यालय धनुषा ,नील हीरा समाज , माण्डबी, एमनेस्टी इन्टरनेसनल, नेपाल हृदय फाउन्डेसन , रङ्गदर्पण छन, महीला मैत्री समाज र एडभोकेसी फोरम लगायत का संस्था हरु छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.