हुलाकी न्यूज, जनकपुरधाम : लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुन केही समय बाँकी रहँदा पोखरेलले राजीनामा दिएका हुन्।

प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।

पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक र बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.