हुलाकी न्यूज, जनकपुरधाम : गतमंगलबार साँझ होटल संचालक अमरनाथ गुप्ताका कर्मचारीहरुले खेलिरहेका स्थानीय १३ वर्षीय बालक आदित्य ठाकुरमाथि निर्घात कुटपिट गरेका हुन् ।जनकपुरको जानकी मन्दिरको दक्षिण छेउमा रहेको होटेल गायत्री कुञ्जमा खेलिरहेका बालकमाथि निर्घात कुटपिट भएको छ ।
लिफ्टमा खेलिरहेका बालक आदित्यलाई दुईजना कर्मचारीले लिफ्ट बन्द गरी बालकलाई मारसन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन् ।बालकलाई लिफ्टमा बन्द गरेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएका थिए । बालकका बुका संजय ठाकुरलाई समेत होटेलका कर्मचारीहरुले कुटेका छन् ।
होटेलका सञ्चालक गुप्ताकै निर्देशनमा छोरा र आफुमाथि कुटपिट गरिएको ठाकुरले बताए ।घटना लगतै कुटपिट गरेको आरोपमा होटेलका सञ्चालक अमरनाथ गुप्ता, गुप्ताका कर्मचारी महोत्तरीको मनरा सिस्वा नगरपालिकाका ३३ वर्षीय राम पुकार ठाकुर र ३८ वर्षीय सुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



