हुलाकी न्यूज, जनकपुरधाम : गएको असार ३१ गते प्रकाशित विज्ञापन मध्ये प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृत सातौँ तहको रिक्त पदपूर्तिका लागि प्रकाशित बढुवा सूचना नं। ८०र०७७–०७८ को विज्ञापनमा दरखास्त सङ्कलनको कार्य स्थगित गरेको हो ।
सर्वोच्च अदालतबाट साउन २० मा भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको मङ्गलवारको निर्णयबाट बढुवा सूचनामा दरखास्त लिनेसमेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगन भएको आयोगले जनाएको छ ।