हुलाकी न्यूज, जनकपुरधाम :श्रीलंकाको श्रीलंकन एयरलाइन्सले अगस्ट १२ देखि श्रीलंकाको राजधानी कोलम्बोदेखि काठमाडौं सिधा उडान भर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको अनुमति पाएसँगै श्रीलंकनले अगस्ट १२ देखि नियमित उडान भर्ने भएको हो। नेपालका लागि जीएसए जेनिथ ट्राभलले श्रीलंकन एयरलाइन्सको माध्यमबाट कोलम्बोसँगै साउदी अरब, माल्दिभ्स र बेलायतको लण्डन लगायतका गन्तव्यमा सेवा दिने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.